क्राईम ब्रान्चको सक्रियतामा ट्याक्टरमा १ हजार लिटर डिजल सहित एक जना पक्राउ

अनलाईन न्युजपाटी,संजु छतकुलि,बिरगंज,समाचारदाता, असार ४ गते

जिल्ला प्रहरी कार्यालय पर्साले  अबैध रुपमा तस्करीगरी भारत तर्फ लादै गरेको करिव १हजार लिटर  डिजल बरामद गरेको छ । 

पर्सा प्रहरीले  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट क्राईम ब्रान्चको प्रहरी निरीक्षक रबि यादबको नितृत्वमा खटिएको प्रहरीको टोलीले बुधबार राति  अन्दाजी करिव ११ बजेको समयमा १ हजार लिटर डिजल, ट्याक्टर  सहित  एकजनालाई नियन्त्रणमा लिएको छ।

पर्सा प्रहरीले  हिजो राति ११ बजे पर्सा जिल्लाको  छिपहरमाई गा.पा.वडा नं.३ जयमंगलापुर  टोलको बाटो हुँदै नेपालबाट भारततर्फ अबैध रुपमा ना १ त ४५४३ नम्बरको ट्याक्टरमा लोडगरि  डिजल  लैजादै गरेको अवस्थामा सो ट्याक्टर चालक छिपहरमाई वडा नम्बर ३ निवासी बर्ष २३ को संतोष पटेललाई  नियन्त्रणमा लिएको  पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले बताए।

पर्सा प्रहरीले नियन्त्रणमा लिएको उक्त डिजल  बजार मुल्य करिब ३  लाख ७३ हजार रुपैया रहेको पर्सा प्रहरीले जनाएको छ । पर्सा प्रहरीले नेपालबाट अबैध रुपमा बरामद गरेको उक्त डिजल  पर्सा जिल्लाको  छिपहरमाई गा.पा.वडा नं.३ जयमंगलापुर  टोलको स्थित दशगजा क्षेत्र नजिकैबाट बरामद गरेको थियो ।

प्रहरीले बिशेष सूचनाको आधारमा सो  डिजल र एक जना सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको  पर्सा जिल्ला प्रहरी प्रमुख गंगा पन्तले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *