कैलालीबाट ८ लाख ९३ हजार ५० रुपैया नगद सहित ७ जना जुवाडे पक्राउ

अनलाईन न्युजपाटी ,कैलाली,समाचारदाता, असार ५ गते।

कैलालीमा झण्डै ९ लाख नगद सहित ७ जना जुवाडे प्रकाउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिकाबाट ८ लाख ९३ हजार ५० रुपँया नगद सहित ७ जना जुवाडेलाई बिहिबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडको करण थापाको घरमा तास खेल्दै गरेका धनगढी उप–महानगरपालिका ३ बिशालनगरका ३८ बर्षीय तुलाराम अधिकारी, जानकी गाउँपालिका १ बस्ने ३२ बर्षीय कमल चौधरी, लम्किचुहा नगरपालिका ४ बस्ने ४० बर्षीय नवल बुढा, टिकापुर नगरपालिका १ बस्ने ४० बर्षीय मोहन जोशी, बैतडीको पुर्चौडी नगरपालिका ८ बस्ने ५० बर्षीय कैलाश धामी, घोडाघोडी नगरपालिका १ बस्ने ३३ बर्षीय दिपेश ऐर र सोही ठाउँका ३२ बर्षीय अक्कल शाहीलाई पक्राउ गरीएको हो। 

सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ९आरईटी० समुह र ईलाका प्रहरी कार्यालय सुखडको टोलीले उनीहरुलाई प्रकाउ गरेको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *