अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार ५ गते।
गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना र स्याङ्जामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिने सङ्क्रमितमा २० पुरुष र ४ महिला रहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिएका सबै जना भारतबाट फर्किएको र सबै जना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा छन् । सबैलाई सम्बन्धित जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
शुक्रबार बिहानसम्म प्रदेशभर २२ जना निको भएर घर फर्केका छन् भने एक जनाको मृत्यु भएको छ ।