वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याइदैँ

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार ५ गते।

शुक्रबार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याइदैँछ । कतारबाट मात्रै २० जनाको शव नेपाल ल्याउन लागिएको हो । 

बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो । 

साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *