कोरोना संक्रमित बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम सिल

अनलाईन न्युजपाटी ,कैलाली,समाचारदाता, असार ५ गते।

कोरोना संक्रमित बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम सिल गरीएको छ। शुक्रबार दिउँसो ३ बजेदेखि लागु हुने गरी सदरमुकाम क्षेत्र सिल गरिएको हो। अर्को सूचना जारी नहुन्जेलसम्मका लागि डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताए।

‘समितीको निर्णय अनुसार व्यपार व्यवसाय सबै बन्द गरेका छौ। हामी बजार क्षेत्रमा माईकिङ समेत गरिरहेका छौ।’ उनले भने

सरकारी कार्यालय खुल्ला नै रहने छ भने अति आवश्यक बाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारीले बताए। डडेल्धुरामा एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *