सशस्त्र प्रहरी निरीक्षक पराजुली फालिएको झोलामा ६ लाख , थप अनुसन्धान हुदै

अनलाईन न्युजपाटी,कृष्णा यादब,बिरगंज,समाचारदाता, असार ७ गते।

सशस्त्र प्रहरी बल नेपालको भिस्वा बिओपीले ६ लाख नेपाली रूपैयाँ बरामद गरेको हो । भारतको सिक्टाबाट नेपाल प्रबेश गरेका एक व्यक्ति सशस्त्र प्रहरी देख्ना साथ झोला छोडेर भागेको र छोडेको  झोलाबाट ६ लाख नेपाली रूपैयाँ बरामद भएको सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीले जानकारी दिए ।

उक्त रकम हुण्डीको हुन सक्ने उहाँले बताउनु भयो । यस अगाडि सशस्त्र प्रहरी बलको बन्जरा स्थित बिओपीले २२ लाख ४८ हजार सहित एक व्यक्तिलाई पक्राउ गरेको थियो।बिओपीका निरिक्षक हरि पराजुलीले जानकारी दिए अनुसार बहुदरमाई नगरपालिका ५ भमराटार घर भएका प्रकाश साहबाट सो रकम वरामद गरेको थियो ।

साहले चढेको ना ४३ प २८०२ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटर साईकलको ट्याङ्की मुनि लुकाएको अवस्थामा सो रकम बरामद भएको थियो ।सशस्त्रले बरामद गरेको रकम सहित साहलाई जिल्ला प्रहरी कार्यालयमा कारवाहीका लागि बुझाएको थियो ।सो रकम हुण्डीको हुन सक्ने थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *