उपरीक्षक पन्तको राम्रो कार्यशैलीले जनतामा चर्चा

अनलाईन न्युजपाटी ,संजु छतकुलि,बिरगंज,समाचारदाता, असार ८ गते।

पर्सा जिल्लाका प्रहरी उपरीक्षक गंगा पन्तले अपराधिक क्रियाकलाप उपर कानूनी कठोरता चालिने चेतावनी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले जिम्मेवारी सम्हाले देखिनी  उहाँले अपराध नियन्त्रणका र शान्ति सुरक्षाको लागि बिवेकपूर्णले  कायम गरदै आईकि हुन् ।

मुलुकमा उत्पन्न विषम परिस्थिति सँग जुध्दै जनताको जिउधनको सुरक्षा तथा अपराध नियन्त्रणमा पर्सा प्रहरी सक्रिय रहेको छ । लकडाउनको समयमा समेत हुने गरेका तस्करी तथा आर्थिक अपराधलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएपछि तस्कर र अपराधसँग जोडिएका व्यक्तिहरुलाई छटपटि सुरु भएको देखिन्छ । बिगतका दिनमा जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हाल्दै केही महिना अगाडी आउनु भएकको प्रहरी उपरिक्षक गंगा पन्तको कार्यक्षमताले चौतर्फी प्रशंसा पाई रहेको बेला अहिले रजनीगन्धाका कारोवारी, हुण्डी कारोवारी र छोकडा तस्करीलाई जोडेर पर्सा प्रहरी माथि आक्षेप लगाउने गतिविधि बढदै गएको देखियो ।

 उहाँले  पर्सा जिल्ला बासिको लागि   प्रतिबद्धता गरेको  हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाहमा जोड दिदै आएकि हुन् ।  खुल्ला सीमा नाकाबाट हुने सीमा अपराध, चोरी निकासी तथा पैठाी नियन्त्रण, घरेलु मदिरा, यौन व्यवसाय, जुवातास, लुटपाट र कालोबजारी  गर्नेहरुलाई नियन्त्रणमा लिदै आएपछि अहिले अपराधीक गतिविधि कम भएको छ।

संठगित अपराध तथा गुण्डागर्दी, सीमा अपराध, प्राकृतिक श्रोतको दोहन गर्ने माथि निर्मम रुपले  एकसन लिदै आएकि हुन् । पर्सामा लागुऔषध दुव्र्यसनी तथा ओसारपसार चुनौतिका रुपमा रहेपनि अहिले लागुऔषध विरोध कडा रुपले दिनरात आफै खटेर धमाधम पक्राउ गरदै आएकि हुन् ।

विश्व महामारीका रुपमा रहेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गरिने पनि एसपी पन्तले बताउनुभयो । पर्सा जिल्ला सामाजिक सदभावको नमूना जिल्ला रहेकाले यसलाई कायम राखिने विश्वास उहाँले दिलाउनुभएको छ । सामाजिक, धार्मिक भेगियताको विविधाताको सुन्दर पक्षलाई भाईचारा कायम रहने उहाले बताउनु भयो ।

खटाएको काम निडरताका साथ गर्ने र साहशी महिला अधिकृतको रुपमा गंगा पन्तलाई प्रहरी संगठनमा चिन्ने गरिन्छ । पन्तले वीरगंजलाई सुधार्न अपराध तथा तस्करी नियन्त्रण गर्न भयमुक्त समाज निर्माण गरी तस्करी, हुण्डी लगायतका आर्थिक अपराध निस्तेज गर्ने अभियानमा जुटेपछि अहिले अपराधमा कमाउन र भविष्य खोज्नेहरु पन्तको अनर्गल प्रचारमा लाग्नुका साथै पर्सा प्रहरीको बदनाम गर्न विभिन्न हथकण्डा अपनाउन थालेका छन् ।

उहाले पर्सा जिल्ला बासिको लागि शान्ति सुरक्षा मेरो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *