अनलाईन न्युजपाटी ,बुटवल,समाचारदाता, असार ९ गते।
पाल्पा तानसेन हार्थोक सडकखण्डमा हिजो सवारी पुरिदा मृत्यु भएकाहरुको अझै पहिचान खुल्न सकेको छैन । सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा पहिरोले गाडी बगाउँदा सोमबार तीन जनाको मृत्यु भएको थियो ।

लु १ क १९२८ नम्बरको ट्याङ्कर पहिरोसँगै सडकबाट करिब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए। लु २ ख १३७६ नम्बरको ट्रक भने सडकबाट करिव १ सय मिटर तल पहिरोसँगै बगेर अडकिएको थियो। एउटा गाडी भने पहिरोले क्षतविक्षत भएको छ।
अबिरल वर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा दुर्घटना भएको हो। पहिरोले तेल बोक्ने ट्याङ्कर र ट्रकमा ठूलो क्षति पुगेको छ। पहिरोले कुखुरा बोक्ने बोलेरो जिप र कारमा भने सामान्य क्षति पुगेको छ। पहिरो आउनासाथ सडकमै रोकिएकाले जिप र कारमा रहेकाहरु भने सकुशल रहेको प्रहरीले बताएको छ।