धादिङमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार ९  गते।

धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर-९ मा मंगलबार टिप्पर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ  ।

दुर्घटनामा त्यसै वडाका ३० वर्षीय अमृत बोगटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।नगरपालिकाको कच्ची बाटोमा बा ५ ख ६७७५ नम्बरको टिप्पर सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *