कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु

अनलाईन न्युजपाटी ,कर्णाली,समाचारदाता, असार ९  गते।

कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेसनमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दैलेखको  दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मङ्गलबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

ती व्यक्तिमा यही असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *