गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार १० गते।

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा बाग्लुङका ९ जना, स्याङजाका ७ जना, कास्कीका ५ जना, लमजुङका ५ जना, नवलपुरका ३ जना, तनहुँ, गोरखा र पर्वतका १,१ जना छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७२९ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *