अनलाईन न्युजपाटी ,सन्जु छत्कुली,बिरगंज समाचारदाता, असार १३ गते।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बनजारिले पर्सा को सिमा नजिक पर्ने छिपहरमाई गाउपालिका वडा तीन बुड्गाई बाट रु ३ लाख ५५ हजार नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक विनोद चन्दको नेतृत्वमा खटेको सशस्त्र प्रहरीको टोलीले चेकजाँचको क्रममा उनिहरु लाई श्रोत नखुलेको ३ लाख ५५ हजार नेपाली रुपैंया सहित पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ चरगाह बस्ने ३३ बर्षका जन्मजय यादव र २९ बर्सिय रंजन बैठा पक्राउ परेको सशस्त्र प्रहरी निरिक्षक हरिपराजुलिले बताएका छन।
नेपाली रुपैया सहित उनीहरुले चलाएको बिआर २२ भी ३८२५ नम्बरको होण्डा साईन मोटरसाईकल समेत सशस्त्र प्रहरिले नियन्त्रणमा लिएको छ । नेपाली रुपैंया १०००, ५००, १००, ५०, २०, १० र ५ को नोट गरी ३ लाख ५५ हजार रुपैंया बरामद भएको सशस्त्र प्रहरी बल बोर्डेर आउट पोस्ट भिस्वा बन्जारीले जनाएको छ ।
उक्त बरामद गरिएको नेपाली रुपैया र मोटरसाईकल सहीत पक्राउ परेको दुबै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा पठाईएको सशस्त्र प्रहरी का प्रहरी निरिक्षक हरि पराजुलिले बताएका छन।