अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असार १४ गते
हाल विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ । यसैगरी मृतकको संख्या पनि पाँच लाख नाघेको छ ।
कोरोना भाइरससम्बन्धि तथ्यांक राख्दै आएको वर्ल्डोमिटर डट इन्फोका अनुसार साढे ५४ लाख व्यक्ति निको भएका छन् । ५७ हजार व्यक्ति भने गम्भीर अवस्थामा रहँदा ४१ लाखभन्दा बढीमा कोरोनाको विषाणु सक्रिय रहेको छ ।
सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा २५ लाख ९६ हजार व्यक्ति संक्रमणको चपेटमा परेका छन् । त्यहाँ १ लाख २८ हजार व्यक्तिको मृत्यु भइसकेको छ । दोस्रो स्थानमा रहेको ब्राजिलमा १३ लाख १५ हजार संक्रमित हुँदा मृतक ५७ हजार नाघेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको रुसमा ६ लाख २७ हजार पुग्दा मृतक भने नौं हजार पुगेको छ । र चौथो स्थानमा रहेको भारतमा ५ लाख २९ हजार संक्रमित हुँदा १६ हजार व्यक्तिको मृत्यु भएको छ ।एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोनाभाइरस संक्रमितहरू भारतमै फेला परेका छन् ।