साउन ७ सम्म हालको लकडाउन जारी राख्ने सरकारको निर्णय

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार १६ गते

सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ ।

सरकारले जारी मोडलमा नै खुकुलो बन्दाबन्दी जारी राख्ने र अहिलेलाई आन्तरिक तथा बाह्य कुनै उडान खुलाउने विषयमा कुनै निर्णय नभएको छैन ।

सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *