अनलाईन न्युजपाटी संजु छतकुलि,वीरगंज समाचारदाता, असार १५ गते
इलाका प्रहरी कार्यालय प्रसौनी बाराले अबैध रुपमा लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय प्रसौनी र मुशहार्वाको सयुक्त टोलीले विशेष सुचनाको अधारमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ स्थित सिचाईको नजिकबाट भारतबाट ना १० प ९१०२ नम्बरको मोटरसाईकलमा बोकी ल्याएको अवैध लागू औषध सहित २ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक ओम यादबले बताउनुभयो।