गण्डकी प्रदेशमा फेरी थपिए १२ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी ,पोखरा,समाचारदाता, असार १७ गते।

गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो । गण्डकीका १२ सहित बाग्मतीका २ जनामा पनि कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ३, लमजुङका ७, तनहुँको १ र नवलपरासीको १ जनामा कोरोना संक्रमण देखिएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *