बुधवार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा धनुषामा दुइ जनाको मृत्यु

अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता, असार १८ गते।

बुधवार दिउँसो जनकपुर–ढल्केवर सढकखण्ड अन्तर्गत जनकपुरतर्फ आउँदै गरेको ज ३ प ७०४२ नम्बरको गाडी क्षिरेश्वरनाथ नगरपालिका–४ स्थ्ति हरैयामा अनियन्त्रित भइ पिलरमा ठोक्किएर दुर्घटना हुँदा दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० देवपुराका २६ वर्षीय विजय कुमार शर्मा र नाम नखुलेको अन्दाजी ३५ वर्षीय महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु भएका दुबैको  शवलाई परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *