अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता भदौ २६ गते।
धनुषाका नामुद तस्करको घरमा प्रहरीले छापामारी गरी लाखौंका सामानसहित ५ जनालाई पक्राउ गरेको छ । नेपाल भारती सीमा क्षेत्र धनुषाको धनौजी गाउँपालिका १ लखौरीका नामुन तस्कर धमेन्द्र साह तेलीको घरमा प्रदेश २ प्रहरी कार्यालयले बुधबारराति छापामारी गरेको हो ।उनको घरबाट भारतबाट भन्सार छली ल्याएको ५ लाख मूल्य बाराबरको लताकपडा, नेपाली र भारतीय नम्बर प्लेट गरी ६ वटा मोटरसाईकल बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै तस्कर तेलीलाई सघाउने ५ जनालाई अन्य तस्करलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने तस्करहरुमा जनकपुर उपमहानगरपालिका १ बस्ने वर्ष २६ का राजेश कापर, जनकपुर १९ बस्ने ३२ वर्षका रामअशिष महरा, जनकपुर २५ बस्ने वर्ष १८ का मोहम्मद तमन्ना र सीमावर्ती भारत
विहार ईटहर्वा बस्ने मोहम्मद अतमल गरी ५ जना छन् । यस्तै नामुद तस्कर तेली भने फरार भएका छन् ।उनीहरुलाई प्रदेश २ प्रदेश प्रहरी कार्यालयको ब्युरो टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।खुलासीमाको फाइदा उठाउँदै तस्कर तेलीले भन्सार छली दैनिक लाखौं मूल्य बराबरको समान नेपाल भित्र्याउने र बेचविखन गर्ने कार्यमा सक्रिय रहेका छन् ।