मुसीकोट नगरपालिका– १० स्थित चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

अनलाईन न्युजपाटी,रुकुम  ,समाचारदाता भदौ २६ गते।

मुसीकोट नगरपालिका– १० स्थित चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ ।बुधबार बेलुकी ५:३०  बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो ।विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *