जनकपुरमा यसवर्ष पनि दशै मेला (सस्तो बजार) भव्यताका साथ मनाउन छलफल

अनलाईन न्युजपाटी,जनकपुरधाम  ,समाचारदाता भदौ ३१  गते।

जनकपुरमा प्रत्येक वर्ष झै यसवर्ष पनि दशै मेला (सस्तो बजार) भव्यताका साथ मनाउन छलफल गरिएको छ ।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा मंगलबार छलफल भएको हो । छलफलबाट नै प्रत्येक वर्ष झै यसवर्ष पनि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा दशैं मेला व्यवस्थापनका लागि ८ वटा उपसमितिहरु गठन गरिएको छ ।समितिहरुमा आपूर्ति व्यवस्थापन उपसमिति, स्टल व्यवस्था उपसमिति, गुणस्तर तथा मुल्य निर्धारण उपसमिति, प्रचार प्रसार उपसमिति, सरसफाई उपसमिति, अनुगमन तथा सुपरिवेक्षण उपसमिति, शान्ति सुरक्षा उपसमिति, प्राथमिक उपचार उपसमिति गठन गरिएको उद्योग वाणिज्य संघ जनकपुरधामका महासचिव जितेन्द्र महासेठले बताए ।छलफल कार्यक्रममा प्रजिअ कणेलले गुणस्तरीयताका साथै प्रचारप्रसारमा समेत ध्यान दिन सबैसँग आग्रह गरेका छन् । उनले समितिहरुले आ आफ्नो जिम्मेवारी बुझेर कार्य गरिदिएमा बजार सफल हुने ठोकुवा गरे ।
प्रदेश नं. २ को राजधानी समेत जनकपुरधाम नै रहेकोले दशै मेलाको व्यवस्थापन राम्रोसँग गर्नका लागि उपसमितिहरुलाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *