गोली प्रहार गरी रौतहटमा एक युवकको हत्या

अनलाईन न्युजपाटी,रौतहट ,समाचारदाता असोज २७ गते।

रौतहटमा अज्ञात समुहले गोली प्रहार गरी एक युवकको हत्या गरेको छ । आइतवार अपराहन्न रौतहटको इशनाथ नगरपालिकामा ६ मा भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएका २५ एक वर्षका युवकलाई गोली प्रहार गरी हत्या गरेको हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको बीचमा राखेर ल्याएको युवकको गोली प्रहार गरेर हत्या गरी उनीहरु पुनः भारत तर्फ भागेका छन् ।
इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले अनलाईन न्युजपाटीलाई जनाएको छ ।हत्या भएको युवकको पहिचान खुलेको छैन । भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ ।हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ । प्रहारीले घटना विषयमा अनुसन्धान सुरु गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *