अनलाईन न्युजपाटी,सिरहा ,समाचारदाता असोज २७ गते।
सिरहा र धनुषाको बिचमा रहेको कमला नदीमा सोमबार बिहान बम फेला परेको छ । सिरहा करजन्हा नगरपालिका–३ स्थित कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बम भेटिएको प्रहरीले जनाएको छ ।गिटी बालुवा चल्ने कामदारले बम फेला परेको हो । उनीहरुले तत्कालै प्रहारीलाई खबर गरेका थिए ।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीका अनुसार बम कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । बमलाई बन्दीपुर र मिर्चैया इलाका प्रहरी कार्यालयको टोलीले सुरक्षा दिइरहेको छ ।बम डिस्पोजको लागि चोहरुवा सेरगन बम डिस्पोजल टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।