अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता, असोज ३० गते।
महोत्तरीमा घुस सहित प्रहरी सहायक निरिक्षक पक्राउ परेका छन् । कठुधार प्रहरीचौकीका इन्चार्ज बृजेश कुमार चौधरीलाई १३ हजार घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।भारतीय बजारबाट ल्याएको समान सिमाक्षेत्रमा पास गराइदिने भन्दै व्यापरिसँग १३ हजार रुपैँया मागेको उजुरीको आधारमा बर्दिबासस्थित आयोगबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग आयोगको बर्दिबास कार्यालयले जनाएको छ ।