अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ३० गते।
भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गा प्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। जग्गाको मोही नामसारी गर्ने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले दुवैलाई बुधबार सेवाग्राहीसँग लिइसकेको ६ हजार घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो।