अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, असोज ३० गते।
ट्राफिक नियम बिपरित अटो रिक्सा चलाइको भन्दै जिल्ला ट्राफिक कार्यालय कैलालीले आज १५ वटा अटो नियन्त्रणमा लिएको छ । अटोको नम्बर पिलेट नभएको र अटो अगाडी सवारी हालेर हिन्ने अटो लाइ नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।उनीहरु लाई एक चोटीलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिइएर छोडको र आगामी दिनमा यस्ता कार्य गरेको पाईएमा ५ सय देखि १५ सय सम्म जरिवाना लिने जिल्ला ट्राफिक कार्यालयका कैलालीका सूचना अधिकारी प्रकाश बहादुर चन्दले बताए ।