अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,कार्तिक ७ गते।
सिरहामा अबैध तीन हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले लक्ष्मीपुर पतारी गाउँपालिका ६ स्थित सितापुर,देबारी का विभिन्न ६ वटा स्थानबाट बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधी, पत्रकारको रोहवरमा बुधबार नष्ट गरेको हो।
ईलाका प्रहरी कार्यालय लहानले चाड पर्व लक्षित विशेष सुरक्षा योजना इ्अन्तर्गत ईलाकाको खास गरि लहान , सितापुर , महेशबारी , ठाडि, भोटियाटोल लगायतका स्थानमा मदिरा बरामद गरेको थियो । प्रहरीले गत असोज २४ गतेदेखि चलाएको सर्च अभियान अन्तर्गत प्रहरीले बुधबार लक्ष्यपुर पतारी गाउँपालिका ६ स्थित सितापुरका विभिन्न ६ वटा स्थान बाट ३००० लिटर अबैध मदिरा बरामद गरि नष्ट गरेको हो। समाजमा विशेष गरि चाडपर्वको समयमा घरेलु मदिरा सेवन गरि झैझगडा लगायतका गतिविधिहरु बढ्दै गएको सन्दर्भमा प्रहरीले यसलाई नियन्त्रण गर्ने अभियानलाई तिब्रता दिएको छ ।
यस कार्यलाई स्थानीय निकायहरुसँग समेत समन्वय गरि ईलाकाको ग्रामीण क्षेत्र तथा गाउँ स्तरमा समेत यो अभियानलाई लहान प्रहरीले तिब्रता दिएको स्थानीय जनप्रतिनिधिहरु बताउछन् । अबैध घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण गर्ने कार्यलाई कडाई गरिने ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भेष राज रिजालले बताए। प्रहरीले सञ्चालन गरेको उक्त अभियानले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने कार्यमा टेवा पुगेको स्थानीयले बताए ।