धातुका सामग्री किन्नका लागि आज शुभ दिन, आज देशभरी धनतेरस मनाइदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक 8 गते।

शुक्रबार धनतेरस मनाइँदै छ। यस दिन विशेषतः सुनचाँदी वा धातुका सामग्री किन्नका लागि शुभ मानिन्छ।आयुर्वेदका भगवान् धनवन्तरीको सम्झनामा यो धनवन्तरी दिवस मनाइन्छ। समुद्र मन्थनबाट धनवन्तरीको उत्पत्ति भएको मान्यता छ। धनवन्तरीलाई अमृत, शङ्ख, चक्र र जडीबुटीका साथ देखाइन्छ।कार्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरीको उत्पत्ति भएको मानिन्छ, त्यसैले यस दिनलाई धनतेरस पनि भनिन्छ।शुक्रबार सूर्योदयका बेला द्वादशी तिथि भए तापनि दिउँसो ४:३१ पछि त्रयोदशी लाग्ने भएकोले यसै दिन धनतेरस जनाइएको हो। धनवन्तरी जयन्ती भने शनिबार तोकिएको छ।भगवान् धनवन्तरीले आयुर्वेदको सुश्रुत संहिता उपदेश दिएको र उनका शिष्य आचार्य सुश्रुतले लेखेको मानिन्छ।यस दिन धन जोड्नु शुभ मानिनाले सुन, चाँदी, तामा वा अन्य धातुका सामग्री किन्न बजारमा घुइँचो लाग्ने गर्छ। धन्तेरसका दिन जोडेको सामानले लक्ष्मीपूजा गर्नु शुभ मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *