अनलाईन न्युजपाटी,कार्तिक ८ गते।
एजेन्सी: भारत प्रशासित कश्मीरको शोपियाँमा भएको एक संदिग्ध चरमपन्थी हमलामा दुई ट्रक ड्राइभरको मृत्यु भएको छ । ट्रक ड्राइभर स्याउ लोड गर्न आएका थिए ।पछिल्लो दुई हप्तामा यस्तो प्रकारको यो तेस्रो हमला हो । अहिलेसम्म कुनै चरमपन्थी समूहले यो हमलाको जिम्मेवारी लिएको छैन ।पुलिसका अनुसार राजस्थान, पंजाब र हरियाणाबाट आएका तीन ट्रकमाथि शोपियां जिल्लाको चित्रा गाउँमा स्याउ भरिरहेका थिए ।यतिबेला संदिग्ध चरमपन्थीले गोलीबारी गरे ।पुलिसका अनुसार मारिएका दुई ड्राइभरमध्ये एकको पहिचान राजस्थानको अलवरमा बस्ने इलियास खानको रुपमा भएको हो जबकी दोस्रो मृतक ड्राइभरसँग कुनै परिचय पत्र भेटिएको छैन ।पंजाबको होशियारपुरमा बस्ने जीवन सिंह नामका एक अर्का ड्राइभर उक्त हमलामा घाइते भएका छन् । जीवन सिंहलाई अस्पतालमा भर्ना गरिएको छ ।शोपियांमै बस्ने शीरमाल इलाकामा अक्टोबरमै पहिलो हमला भएको थियो । यो हमलामा राजस्थानको अलवरमै बस्ने शरिफ खान नामका ड्राइभरको मृत्यु भएको थियो ।पछिल्लो दुई हप्ताभित्र पंजाबबाट आएका दुई स्याउ व्यापारीमाथि पनि हमला भएको थियो । यसमा चरणजीत सिंह नामका व्यापारीको मृत्यु भएका थियो जबकी संजीव कुमार नामका व्यापारी घाइते भएका थिए ।