रोकि राखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

अनलाईन न्युजपाटी,बुटवल,समाचारदाता, मंसिर १६ गते।

रुपन्देहीको बुटवल उप-महानगरपालिका १२ नयाँगाउँमा मोटरसाइकल दुर्घटना हुदाँ घटनास्थलमै २ जनाको मृत्यु भएको छ । आईतबार राती रोकि राखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा सैनामैना ६ निवासी दुई युवाको मृत्यु भएको हो । पुर्व पश्चिम राजमार्ग अन्तर्गत आफनो साइडमा रोकि राखेको भे १ बु १४४८ नम्बरको टिप्परमा ना ४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले अनलाईन न्युजपाटीलाई जानकारी दिएको छ । मृत्यु हुनेमा सैनामैना ६ बस्ने २९ वर्षीय नविन कंडेल र सोही ठाउँ बस्ने ३१ वर्षीय दिपक पन्थ रहेका छन् । आइतबार राति करिब १० बजेको समयमा तिव्र गतिका कारण मोटरसाइकल टिप्परमा ठोक्किन पुगेको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । दुवै सवारीसाधन नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *