पेट्रोल भर्ने ट्यांकीभित्र राखेर हेटौंडातर्फ ल्याउँदै गरेको चरेससहित बा२५प ८७८३ नम्बरको मोटरसाइकलसहित दुई जना प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,हेटौडा,समाचारदाता, मंसिर १६ गते।

मकवानपुरमा २५ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पेट्रोल भर्ने ट्यांकीभित्र राखेर हेटौंडातर्फ ल्याउँदै गरेको चरेससहित त्रिभुवन राजपथको हेटौंडा-पालुङ खण्डबाट प्रहरीले बा२५प ८७८३ नम्बरको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारत बिहान मोतिहारी सिसुवा-२ का २५ वर्षीय राजेश यादव र भारत मोग्लेसपुरका १८ वर्षीय ऋषिकु्मार यादव रहेका छन् ।उनीहरुले पेट्रोल भर्ने ट्याङकीको तल्लो भाग काटेर त्यसमै चरेस लुकाएर प्रहरीलाई नै झुक्याउने गरी चरेस वीरगञ्ज लैजान लागेको मकवानपुरका एसपी मुकेशकुमार सिंहले बताए । पहिलो पटक यसरी लागूऔषधको तस्करी गरेको फेला पारेको उनले बताए ।मकवानपुर र धादिङको बिभिन्न क्षेत्रमा उत्पादन गरीने लागूऔषध मकवानपुर आसपास हुँदै भारतसम्म पुर्‍याउने गरिएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *