अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर १६ गते।
जनकपुरधाममा शौचालयको सुविधा नहुँदा विवाहपञ्चमी हेर्न आएका लाखौं श्रद्धालु भक्तजनहरुको विजोग भएको छ । जनकपुरधाम उपमहानगरपालिका तथा समबन्धित निकालयले शौचालयको व्यवस्था नगर्दा उनीहरु सडकबाटोकासाथै बाह्रविघामा जथाभावी शौच गर्न बाध्य भएका छन् ।जथाभावी जहातहीँ शौच गर्दा वाह्रविघा मैदान तथा जानकी मन्दिरजाने बाटो दुर्गन्धित बनेको छ । दुर्गन्धले नाक थुनेर हिड्नुपरेको अवस्था रहेको छ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आएका लाखौँ दर्शनार्थी तथा श्रद्धालुकालागि सार्वजनिक सौचालय नहुँदा बाह्रविघा भित्र बनाइएको पण्डाल भित्र समेत उनीहरु शौच गर्न बाध्य भएका हुन् ।नगरभित्र समबन्धि निकायले शौचालय व्यवस्था नगर्दा नाकै थुनेर हिड्नुपर्ने अवस्था आएपछि समाजिक सञ्जालमा समेत विभिन्न किसिमले व्यंग गरिदैँ छ । पत्रकार शैलेन्द्र क्रान्ति समाजिक संजाल फेसबुकमा लेख्छन् ‘खुब खेली यौ पाहुन, खुब घिनेली यौ पाहुन । जनकपुरमे सगरे ‘छेँर’ गन्हाक गेली यौ पाहुन ।’