धनुषाको सबैला नगरपालिका १० बाट १४ महिने बच्चा चोरी

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर १६ गते।

धनुषाको सबैला नगरपालिका १० बाट १४ महिने बच्चा चोरी भएको छ। आइतवार साँझ घरमै सुतेको अवस्थामा स्थानीय दीपनारायण साहका १४ महिने छोरा गोलु साह चोरिएका हुन्। बच्चा कसले चोरी गरेको विषयमा केहि खुल्न सकेका छैन्। दीपनारायण र उनका आफ्न्तले बच्चा खोज्दै हिडेका छन्। धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले बच्चा हराएको जानकारी प्राप्त भएको बताए। उनका अनुसार बच्चाको खोजी भइरहेको छ।  एसपी खनालले भने, ‘दीपनारयाणकी श्रीमती अर्को केटासँग भागेकी छन्। त्यसैले उनले नै बच्चा लगेको हुनसक्छ।’ स्रोत अनुसार दीपनारायणले स्थानीय एक महिलासँग राखेको अनैतिक सम्बन्धबाट बच्चा जन्मेपछि गाउँलेले पालनपोषणका लागि उनको जिम्मा लगाएको थियो।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *