अनलाईन न्युजपाटी,हाण्डिगाव,समाचारदाता, मंसिर १६ गते।
खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते भएका छन् ।काठमाडौं–५ स्थित हाँडीगाउँ जोगी कुटी मार्गमा डेरा गरी बसेका भारतीय नागरिक १८ वर्षीय प्रदीपकुमार कुशवाह घाइते भएका हुन् ।काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार घटना आइतबार रातिको हो । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।थप अनुसन्धान जारी रहेको बताइएको छ ।