जनकपुरधाममा १०८ जोडीको सामुहिक स्वयम्बरकै बेला मञ्च भत्क्यो

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर १६ गते।

जनकपुरधाममा विश्व हिन्दु परिषदले अयोजन गरेको १०८ जोडीको सामुहिक मञ्च स्वयम्वरकै बेला भत्किएको छ । साँझ स्वयम्वरको लागि बेहुला र बेहुली मञ्चमा तयार भएर बसेको बेला एकाएक मञ्च भत्किएको हो ।१०८ जोडिको भनिएपनि ५१ जोडी बेहुला बेहुली मात्र विवाहमा सरिक भएका छन् । ५१ जोडी बेहुला बेहुली नै स्वयम्वरको तयारीमा रहेका बेला मञ्च भार खेप्न नसकी भत्किएको हो । मञ्च भत्किएपछि बेहुला बेहुलीलाई समान्य चोटपटक लागेपनि मानवीय क्षति हुनबाट जोगिएको छ । त्यस क्रममा एकजना बेहुली भने बेहोस् भएकी थिइन् । तरपछि उनी पनि समान्य भएकी थिइन् ।सामुहिक विवाह देख्न आएका हजारौं सहभागि मञ्च भत्किएपछि आतिएका थिए भने समान्य हताहत पनि भएको थियो ।मञ्च भत्किएपछि सामुहिक स्वयम्बर स्थगित गरिएको छ । जोडीको विवाहको लागि छुट्टा छुट्टै तयार गरिएको वेदीमै अलग अलग स्वयम्बर भएको छ । अहिले विधिवत विवाहको काम चलिरहेको छ । धार्मिक सांस्कृतिक संरक्षण तथा दाइजो र बाल विवाह प्रथालाई उन्मूलन गर्न रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाम उपमहानगरपालिका १३ स्थित सीताको त्रेता युगमा विवाह भएको मानिने मणिमण्डपमा विश्व हिन्दुपरिषदले १०८ जोडीको सामुहिक विवाह आयोजन गरेको छ । विवाहका लागि चाहिने समान, बेहुला बेहुलीको लुगा कपडा, मंगल शुत्र सबै परिषदले नै व्यवस्था गरेको विश्व हिन्दु परिषदका अध्यक्ष धनुषधारी पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *