जनकपुरमा भेटिएको बम पड्केर एक बालकको २ औंला चुँडिए

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर २१ गते।

जनकपुरधाममा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेल सुरु भएको छ ।जनकपुरधाममा साग हुने कभर्ड हल नजिकै भएको पटाका बम बिष्फोटमा एक बालक घाइते भएका छन् ।पटाका बम बिष्फोटबाट जनकपुरधाम उपमहानगरपालिका १३ निवासी ११ वर्षीय आलोक राउत घाइते भएका हुन् ।

कुस्ती प्रतियोगिताको उदघाटन सत्रमा बाहिर पटाका बम पड्काएर आतिसबाजी गरिएको थियो ।
आतिसबाजीका क्रममा पड्किन बाँकी रहेको पटाका पड्काउने क्रममा ती बालक घाइते भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।

उनको दुवै हातका औंला चुँडिएका छन् । गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा प्राथमिक उपचार गरी थप उपचारका लागि धरानतर्फ लगिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *