चन्दा नदिएपछि राजपुर नगरपालिका वडा नम्बर ७ स्थित चौधरी इटाभट्टामा बम

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, मंसिर २१ गते।

चन्दा नदिएको भन्दै एक समूहले राजपुर नगरपालिका वडा नम्बर ७ स्थित चौधरी इटाभट्टामा बम राखेको छ । शनिबार बिहान भूमिगत समूह मधेस नेशनल पार्टीले इटाभट्टामा प्रेसर कुकर बम राखेको हो । त्यहाँ कार्यरत मजदूरले झोलाभित्र बम देखेपछि प्रहरीलाई खबर गरेकोमा पछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जनाइएको छ । इलाका प्रहरी कार्यालय राजपुरले दुई महिनाअघि इटा भट्टाका मालिक विनोद प्रसाद जयसवालसँग भूमिगत समूहले चन्दा मागेको थियो । तर जयशवालले चन्दा दिएका नदिएपछि सो समूहले धम्की दिँदै आएको थियो । 
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *