नेपाली नागरिकता बनाउन आएका दुईजना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर २५ गते।

नेपाली नागरिकता बनाउन आएका दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका २ जीतनारायण यादव र उनका ज्वाइँ भारतको विहार राज्य मुजफरपुर ग्राम शंकर पुर बस्ने सुनिल कुमार यादव छन् ।मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषामा झुटो विवरण पेश गरी नागरिकता बनाउन खोज्दा सोधपुछको क्रममा ससुरा र ज्वाइँलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।झुटो विवरण पेश गरी नागरिकता बनाउन खोज्दा सोधपुछको क्रममा शंकास्पद जफाव दिएपछि ससुरा जितनारायणले ज्वाइँ भारतीय नागरिक सुनिलको नागरिकता बनाउन आएको फेला परेको प्रजिअ कणेलको भनाइछ । उनका अनुसार पक्राउ परेकाले धनुषाधाम नगरपालिका वडा नं २ का वडाध्यक्ष प्रभुनारायण साहले नागरिकता बनाउन सिफारिसका लागि १० हजार रुपैयाँ घुस लिएका छन् ।भारतीय नागरिकलाई नागरिकताको लागि सिफारिस गरेकोमा वडाध्यक्ष साहलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकिएको प्रजिअ कणेलले अनलाईन न्युजपाटीलाई जानकारी दिए । दुवैजनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको र भारतीय नागरिकलाई नागरिकताको लागि सिफारिस गर्ने वडाध्यक्ष साहलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकिएको प्रजिअ कणेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *