वीरगञ्जबाट लागूऔषध चरेससहित एकजना प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, मंसिर २४ गते।

वीरगञ्जबाट प्रहरीले लागूऔषध चरेससहित एकजनालाई नियन्त्रणमा लिएको छ ।वीरगञ्ज १९ बस्ने ६० वर्षीय रामबालक बैठा पक्राउ परेका हुन् । उनको साथबाट ११ किलो ८ सय ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बैठा जीतपुरतर्फबाट वीरगञ्जतिर साइकलमा आउँदै गर्दा चरेशसहित पक्राउ परेका थिए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । यसैगरी प्रहरीले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानबाट भन्सार छली भित्र्याइएका समानहरु बरामद गरेको छ ।ब्लाउजका कपडा ४ थान, २ बोरा चिनी, २७ प्याकेट राज निवास, ७९ थान कट्टु र २५ थान गञ्जी बरामद गरेको हो । बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *