शोक मनाउदै आज धनुषाका सम्पूर्ण संस्थागत विद्यालयहरु बन्द हुने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर २९ गते।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बम विस्फोटमा एक विद्यार्थीको समेत मृत्यु भएपछि जिल्लाका सम्पूर्ण संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको हो।विस्फोटमा जनकपुरस्थित सिद्धार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत् छात्र आनन्द साहको निधन भएको छ। आनन्द घरमुली राजेश साहका छोरा हुन्।यसैगरी बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालको समेत मृत्यु भएको छ।घटनापछि संस्थागत विद्यालय संरक्षण समितिको बसेको बैठकले घटनाप्रति दुःखव्यक्त गर्दै आइतबार एक दिन सम्पूर्ण संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको एनप्याबसन धनुषाका अध्यक्ष चन्द्रनारायण मण्डलले जानकारी दिए।संस्थागत विद्यालय संरक्षण समितिले जारी गरेको विज्ञप्तिमा बम विस्फोटको घटनाले आफूहरुलाई स्तब्ध बनाएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *