तराईमा जाडोबाट राहत पाउन ठाउँ-ठाउँमा दाउराको वयवस्था गरिदै

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, पौष ४ गते।

तराईमा बढेको आत्याधिक चिसो तथा जाडोको मध्यन नजर गर्दै डिभिजन वन कार्यालय सिरहा लहानले लहान वजार लगायतका विभिन्न स्थानमा जाडोबाट राहत पाउनको लागी दाउराको आगो बालेको छ ।सिरहा सहित तराई भर केही दिन देखी बढेको चिसोकारण जन जिवन प्रभावित भएको छ । डिभिजन वन कार्यालय सिरहा लहानले लहान बजारका विभिन्न स्थान दाउरा बाडेको डिभिजन वन कार्यालय सिरहा, लहानका सहायक सरोज कुमार चौधरीले बताए ।
जिल्लामा वन क्षेत्र कम भए पनि सामुदायिक वन भित्र सुकेका विरुवा, जारा र सःमिलबाट माग गरि बाडिएको डिभिजन वन अधिकृत सुभाष चन्द्र दासले अनलाईन न्युजपाटीलाई बताए । स्थानिय स्तरमा आवश्यकता अनुसार दाउरा बाडने बताए । वन कार्यालयमा बजेट नभएपनि जिल्लाका विभिन्न स्थानमा बन कार्यालयबाट उपलब्ध हुने दाउरा बाडने तथा बालने कार्य गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *