अत्यधिक चिसो बढेपछि जनकपुरधामको शैक्षिक संस्थान तिन दिनका लागि बन्द

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष १३ गते।

विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि (सोमबार) देखि तिन दिनका लागि जनकपुरधाम उप- महा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ। अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १४ देखि १६ गतेसम्म उप-महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको छ । वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएको छ।

यस्तै अत्यधिक चिसो बढेपछि स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले ठाउँठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउरा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरकलगायतका सामग्री वितरण गर्दै आएका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण जनकपुरधामको जनजीवन कष्टकर बनेको छ भने चिसोबाट बिरामी भएकाहरुको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *