चिसो बढेपछी जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका बिद्यालय चार दिनका लागि बन्द

अनलाईन न्युजपाटी,सिमरा,समाचारदाता, पौष १४  गते।

चिसो बढेपछी जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका बिद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । उपमहानगरको शिक्षा समितीको आज बसेको बैठकले आगामी १७ गते बिहिबारसम्मका लागि बिद्यालय बन्द गर्ने निर्णय गरेको हो । अत्याधिक चिसो बढेपछी बिद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बर्षे बिदाबाट कट्टा हुनेगरी चार दिन बिद्यालयमा छुट्टी दिने निर्णय भएको उपमहानगरका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसादद्वारा हस्ताक्षरित सुचनामा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *