सिरहा प्रहरीले ५० काटुन मदिरासहित भारतीय स्कार्पियो पक्राउ गरेको छ ।

अनलाईन न्युजपाटी सिरहा समाचारदाता, साउन २६।

सिरहा प्रहरीले नेपालबाट भारततर्फ अबैध रूपमा ल्याउँदै गरेको ५० काटुन गौरव सोफी मदिरा सहित स्कार्पियोलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले बरियारपटटि गाउँपालिका १ बाट HR६६१४८७ भारतीय नम्बर प्लेटका  स्कर्पियोलाई चेक जाँच गर्ने क्रममा ५० काटुन अबैध गौरव सोफी मदिरा प्रहरीले पक्राउ गरेको हो ।

स्कारपियो सहित २५ लाख मूल्य बराबरको मालसामान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन् ।

प्रहरी लाई हेर्ने बितिकै स्कारपियो चालक गाडी छाडेर फरार भएको प्रहरीले बताए । पक्राउ गरेको गाडी र मदिरा सिरहा भन्सार कार्यालय खैरटोकामा राखिएको जिल्ला प्रहरी कार्यालय – सिरहाका प्रबक्ता तथा डि एस पी अपिल राज बोहरा ले अनलाईन न्युजपाटी समाचारदातालाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *