अनलाईन न्युजपाटी,जनकपुरधाम समाचारदाता साउन २५ गते।
इस्लाम धर्मावलम्बीको महान् चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ । यस पर्वको अवसरमा प्रदेश नं. २ का सरकारले सोमबार (भोली )सार्वजनिक विदा दिने निर्णय समेत गरेका हुन् ।प्रदेश नं. २ को सरकारले मुस्लिम धर्मावलम्बीहरुको उल्लासको पर्व बकरिदको अवसरमा एक दिने सार्वजनिक विदा दिने निर्णय गरेको छ । सङ्घीय सरकारले समेत सोमबार विदा दिने निर्णय गरेको छ ।बकरिद रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ । भोलि सोमबार यो पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारी गरेका छन् ।