अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, भदौ ८ गते ।
ललितपुर महानगरपालिका–१४ बुढाथोकीगाउँ स्थित साढे २ तले घरमा तीन परिवार विगत ५ वर्षदेखि भाडामा बस्दै आएका थिए ।४ वर्षदेखि पेन्टरको काम गर्दै आएका ३५ वर्षीय भारतीय नागरिक पनि सोही घरको भुइँ तल्लामा एक कोठा भाडामा लिएर बस्थे ।भारतीय नागरिक सञ्जय मण्डलसँगै छेउको २ वटा कोठामा श्याम (नाम परिवर्तन) को ४ जनाको परिवार बस्थ्यो भने घरबेटी बस्ने नजिकै कृष्ण (नाम परिवर्तन) को पनि ४ जनाको परिवार एउटा कोठामा बस्दै आएको थियो ।सबैको सबैसँग राम्रो चिनजान थियो । एकआपसमा दुःखसुख साटासाट गर्थे । ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका थिए उनीहरु ।श्यामको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । ज्याला मजदुरी गरेरै भए पनि श्यामले छोराछोरीलाई लखनखेलस्थित एक स्कुलमा पढाउँदै आएका थिए । श्रीमती घरकै काममा व्यस्त हुन्छिन् ।सन्तानमा श्यामकी छोरी सीता (नाम परिवर्तन) जेठी हुन् । सीता अहिले १६ वर्षकी भइन् । उनको भाइ पनि भर्खरै १६ वर्ष टेकेका छन् ।यता कृष्णको परिवारमा पनि श्रीमती, एक छोरा र एक छोरी छन् । कृष्णले पनि छोराछोरीलाई घरनजिकैको स्कुलमा पढाएका छन् । ११ वर्षीय छोरा ५ कक्षामा अध्ययनरत छन् भने ८ वर्षीया छोरी गीता (नाम परिवर्तन) कक्षा ३ मा अध्ययनरत छिन् ।दुई परिवार अहिले तनावमा छन् । यतिबेला श्यामकी १६ वर्षीया छोरी र कृष्णको ८ वर्षीया छोरी बलात्कारको शिकार भएका छन् भने त्यसको आरोपमा उनीहरुका छोरा प्रहरी हिरासतमा छन् ।आफ्नै परिवारजस्तै गरेर बस्दै आएका भारतका बाँका जिल्ला मागलपुर खुल्लीडुमरका ३५ वर्षीय सञ्जय मण्डलसहित दुई दाजुभाईबाट गीता र सीता बलात्कारको शिकार भएका हुन् । बलात्कारको आरोपमा शुरुमा मण्डल पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान थालेपछि गीतालाई आफ्नै दाइ र सीतालाई आफ्नै भाइले पनि बलात्कार गरेको खुल्न आएको छ ।सीता र गीतालाई बलात्कार गरेको आरोपमा यतिबेला उनीहरुका दाजुभाइसँगै ४ जना महानगरीय प्रहरी वृत्त सातदोबाटोको हिरासतमा छन् ।