विराटनगरमा निस्किएको रथयात्रा पछि, अभियानकर्मी सफा गर्ने मेयर फोहोर उठाउने

अनलाईन न्युजपाटी,बिराटनगर ,समाचारदाता, भदौ ९  गते ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली शनिवार विराटनगरमा निस्केको रथयात्राको पछि–पछि देखिए । रथयात्रामा अगाडी बसेर हिड्ने काम छोट्याउँदै केही युवा अभियन्ता र महानगरका कर्मचारी सहित उनी राधाकृष्ण रथयात्राको पछिल्लो भागमा भेटिए । हातमा ग्लोब्स (पञ्जा) लगाएर निस्किएका उनी पसिनाको धारा छुटाउँदै युवा अभियन्ता संगै फोहोर उठाउन व्यस्त देखिन्थे । उनले युवाहरुलाई हौसला प्रदान गर्दै समाजको समस्या सबै मिलेर समाधान गर्न सकिने सुझाउँदै थिए । विराटनगरका धार्मिक अभियन्ताहरुले सडकका विभिन्न स्थानमा खानेपानी, जुस,खिर,लस्सी,फलफुल लगायतका सामानहरु वितरण गरेका थिए । यसक्रममा प्रयोग भएका प्लाष्टिक जन्य फोहर सडकका यत्र तत्र फ्यालिएका थिए । फोहरका कारण सडकको अवस्था कुरुपझै देखिएको थियो । युवा अभियन्ता र मेयर पराजुली सहितको टोली सरसफाईमा थियो । मेयर पराजुली देखावटीरुपमा मात्रै फोहर उठाउने कार्यमा सम्लग्न भएनन् उनी विराटनगरको गोल्छामोड हुदै ट्राफिकचोकसम्म सरसफाइमा सहभागी भए । मेयरले फोहर उठाउँदै हिड्ने हैन निर्देशन दिने हो भन्ने पनि भेटिए पराजुलीले सञ्चारकर्मी संग भने ‘समाज हाम्रो हो ,यहाँ हुने समस्या हामीले समाधान गर्नु पर्छ भनेर लाग्नु पर्छ ।’ युवाहरुसंगै सरसफाइमा सहभागि बन्दा आफुमा थप उर्जा मिलेको मेयर पराजुलीले बताए । सरसफाईमा जुटिरहदा केही स्थानमा पराजुलीलाई ताली वजाएर स्थानीयहरुले वा –वाही गरेका थिए । सरसफाईमा पहिलो पाइला परिवर्तन, परिवर्तनका लागि हातेमालो र जीवनदृष्टि सामुदायिक पुनस्र्थापना केन्द्रका सामाजिक युवा अभियन्ताहरुको सहभागिता रहेको थियो । सरसफाइ टोलीले शनिवार मात्रै विराटनगरमा थुप्रिएको झण्डै १० मेट्रिक्टन फोहोर संकलन गरेर ब्यवस्थापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *