अनलाईन न्युजपाटी, नेपालगंज ,समाचारदाता, भदौ ११ गते ।
जाजरकोटबाट नेपालगञ्जतर्फ
जाँदै
गरेको
बस
आज
बिहान
रत्न
राजमार्गअन्तर्गत
पर्ने
भेरीगङ्गा
नरगपालिका–५ स्थित
हर्रेमोडमा
दुर्घटना
हुँदा
तीन
जनाको
मृत्यु
भएको
छ
।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नम्बरको बस अन्दाजी बिहान साढे ३:३० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् ।
त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सुर्खेतका
प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनेसक्ने प्रहरीको अनुमान छ ।