राष्ट्रिय बाल दिवसको तयारी जुम्लामा तिब्र, भव्यताका साथ मनाईने

अनलाईन न्युजपाटी,कर्णाली,समाचारदाता भदौ २४  गते।

नगर बाल संजाल जुम्लाले मंगलवार जिल्लाका सरोकारवालाहरु संग छलफल गरेको छ । चन्दननाथ नगरपालिका जुम्लाका उपमेयर अप्सरादेवी न्यौपाने अध्यक्षतामा बसेको बैठकमा बाल दिवस मनाउने विषयमा छलफल गरेको हो । भदौ २९ गते परेको राष्ट्रिय बाल दिवसलाई जुम्लामा भव्यताका साथ मनाउने विषयमा मंगलवार जिल्लाका सरोकारवालाहरुसंग छलफल गरिएको नगर बाल संजाल जुम्लाका अध्यक्ष ईश्वर खत्रीले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।

हरेक वर्ष भदौ २९ गते मनाउदै आइरहेको बाल दिवस यो वर्ष चन्दननाथ नगरपासिलका जुम्ला, नगर बाल संजाल जुम्लाको आयोजना तथा नगर बाल संरक्षण समितिको समन्वयमा बाल दिवस मनाउने विषयमा छलफल भएको अध्यक्ष खत्रीले बताए । “सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको मुल आधार” भन्ने मुल नारा तय गरिएको छ ।। दिवसका अवसरमा नगरपालिका भित्रका मावि स्तरका विद्यालय बिच बक्तृत्वकला, लघुनाटक र देउडा गीत प्रतियोगिता गरिने भएको छ ।

नगरपालिका भित्र १० वटा बाल क्लब रहेका छन । दिवसमा किर्डाक नेपाल जुम्लाले १० हजार, क्याड नेपाल जुम्लाले व्यानर, हातेमालोले ५ हजार, पेश नेपालले ५ हजार र चन्दननाथ नगरपालिकाले ३० हजार सहयोग गर्ने भएका छन । छलफल कार्यक्रममा बोल्दै उपमेयर अप्सरादेवी न्यौपाने बाल अधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको अगुवाईमा बाल अधिकार बारेमा जनचेतना बढाउने उद्देश्यले दिवस मनाइने बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *