सियारी गाउँपालिका भू–माफियाको चङ्गुलमा: स्थानीयहरु ओन्दोलन गर्ने चेतावनी

अनलाईन न्युजपाटी,बुटवल,समाचारदाता भदौ २४ गते।

रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक जग्गामा बृक्षारोपणको नाममा भू–माफियाको चङ्गुलमा पारिएको स्थानीयहरुले आरोप लगाएका छन । गाउँपालिकाले भू–माफियासँग साँठगाँठ गरी चिल्हिया स्थित कित्ता नम्बर ४५ को ४–९–६ को जग्गा विशाल तामाङ्को नाममा दर्ता गराएको स्थानीयहरुको दाबी छ । गाउँकार्यपालिकाले जनविरोधी काम गरेको स्थानीयबाट गुनाशो आएपछि नेपाली कांग्रेस सियारी गाउँपालिकाले सोमबार गाउँपालिकाको कार्यालय घेराउ गरेको छ ।

गाउँपालिकाको वडा नं. ३ मा रहको रामजानकी मन्दिर र संस्कृत मावि मटीहानी गुठीको नाममा रहेको करिब ६० विगाहा जग्गा विदेशी संस्थालाई गाउँपालिकाले दिन थालेको भन्दै कांग्रेसले नेतृत्व गर्दै सयौंको संख्यामा स्थानीयहरु गाउँपालिकामा पुगेका थिए ।
नेपाली कांग्रेस सियारी गाउँपालिकाका सभापति थानेश्वर घिमिरेले गाउँपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै गाउँपालिका नातावाद , कृपावादमा चलेको आरोप लगाए ।उनले गाउँपालिकामा कर्मचारी नियुक्त गर्दा अध्यक्षले आफ्नो छोरालाई नियुक्त गरेर अध्यक्षले नातापाता , परिवारवादलाई प्रोत्साहन गरिएको बताए ।

स्थानीयको मागलाई सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी समेत उनले दिए । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले भने आफुले जनताको हितमा काम गरेको दाबी गरे । सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकोले कार्यदल बनाएर सार्वजनिक जग्गा गाउँपालिकामा संरक्षण गरिएको उँनले बताए ।

उनले कांग्रेसले आरोप लगाए जस्तो नभएर प्रतिस्पर्धाबाटै कर्मचारी भर्ना गरिएको दाबी गरे । गाउँपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएपछि नेपाली कांग्रेसले विरोधसभाको आयोजना गरेको थियो । गाउँपालिकाले बजेट वितरण गर्दा पक्षपात गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताए ।गाउँपालिकाको मनपरी जनतालाई मान्य नहुने र जनताको माग सम्बोधन नभए ओन्दोलन गर्ने उनिहरुले चेतावनी समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *