डेङ्गु रोगको उपचारमा सहयोग पुर्याउन आज भरतपुर अस्पताललाई एक हजार डेङ्गु किट प्रदान

अनलाईन न्युजपाटी,चितवन ,समाचारदाता भदौ २६ गते।

भरतपर महानगरपालिकाले डेङ्गु रोगको उपचारमा सहयोग पुर्याउन  आज भरतपुर अस्पताललाई एक हजार डेङ्गु किट प्रदान गरेको छ । महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी डेङ्गु किट प्रदान गरिएको भरतपुर महानगरपालिकाले जनाएको छ ।महानगर प्रमुख रेनु दाहालले भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीलाई एक हजार डेङ्गु किट प्रदान गरेका हुन् ।कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुर महानगरमा फैलिरहेको डेङ्गुका बिरामीहरुको उपचारमा सहज हुने विश्वास गरिन् । उनले भनिन्, ‘कुनै पनि डेङगुका बिरामीको किटको अभावमा उपचारमा ढिलो नहोस् र किटको अभाव पनि नहोस् भन्ने मनसायले भरतपुर अस्पताललाई किट हस्तान्तरण गरेका हौँ ।’उनले महानगर नगरवासीको स्वास्थ्यप्रति अत्यन्तै गम्भीर रहेको बताउँदै भन्नुभयो, ‘महानगरले एकातिर सचेतनाको कार्यक्रम गर्दै आएको छ भने अर्कोतिर उपचारमा कुनै किसिमको समस्या नआहोस् भन्ने हेतुले किट हस्तान्तरणको काम गरिरहेको छ ।’ उनले डेङ्गु फैलाउने लामखुट्टेका लार्भाहरु नष्ट गर्ने अभियानमा लाग्नसमेत सबैमा अपिल गरिन् । यो महामारीलाई नियन्त्रणमा ल्याउनु सबैको सामुहिक दायित्व भएको बताउँदै प्रमुख दाहालले सबैलाइ सहयोग गर्न आग्रह गरिन्।महानगरपालिकाले प्रदान गरेको किट ग्रहण गर्दै भरतपुर अस्पतालका मेसु डा श्रीरामतिवारीले प्राप्त किटले संक्रमितहरूको पहिचान र उपचारमा सहयोग पुग्ने बताए। कार्यक्रममा उपप्रमुख पार्बती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुबेदीलगायतको सहभगिता रहेको थियो।चितवनमा डेङ्गुको बिरामीको संख्या दैनिक रुपमा बढ्दो छ । गत मंगलबार १ हजार ३०० जनामा डेङ्गु देखिएकोमा बुधबारसम्म एक हजार ४६० पुगेको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *